macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

ज्ञवाली आजैवाट  प्रहरी महानिरीक्षक बन्दै

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं २०७६, २८ माघ । नेपाल प्रहरी महानिरीक्षको नियुक्ती मंगलवार हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रस्ताव तयार नभएकोले आईजीपी नियुक्ती हुन सकेको थिएन् । उच्च स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजीपी)मा डीआईजी ठाकुर ज्ञवालीको नाम प्रस्ताव गरेर मंगलवार बस्ने मन्त्रिपरिषद बैठकममा पेश गर्न निर्देशन दिएका छन् । उनी हाल प्रदेश १ को प्रहरी प्रमुख छन् ।
ज्ञवाली नेपाल प्रहरीमा अहिलेसम्म विवादमा नपरेका अधिकृत हुन् । यससंगै खनालपछि ज्ञवाली नेपाल प्रहरीको २७ औ महानिरीक्षक बन्ने लगभग निश्चित भएको छ । प्रधानमन्त्रीले गृहमन्त्री रामबहादुर थापालाई मंगलवार वस्ने वैठकमा ज्ञवालीको नाम पेश गर्न निर्देशन दिएको स्रोतको दावी छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सहित ३ एआईजीहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात तथा १८ डीआईजीहरु मंगलबारबाट एकै पटक अवकास हुँदैछन् । आईजीपीका लागी ज्ञवालीका साथै दुई नम्बरमा रहेका डिआईजी तारिणीप्रसाद लम्साल प्रतिस्पर्धामा थिए । सोमबारको वैठकमा ३० वर्षे सेवा अवधी हटाउने विषयमा समेत छलफल भएको थियो ।

तर, गृह मन्त्री रामबहादुर थापा र रक्षा मन्त्री ईश्वर पोखरेलले त्यसको विरोध गरेपछि कुनै निर्णय भने हुन सकेन् ।
‘अन्तिम समयसम्म ३० वर्षे सेवा अवधी हटाउन चर्को लविङ्ग थियो, प्रहरी महानिरीक्षक नियुक्तीको प्रस्ताव सोमबार गृहले तयार नगरेकाले पनि ढिलाई भएको हो’ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सहित उनका ब्याचका एआईजी र डिआईजी सेवा अवधी लम्बाउने पक्षमा रहेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार विहान बस्ने वैठकले प्रहरी महानिरीक्षकको टुंगो लगाउने छ । त्यसका साथै आईजिपीको प्रतिस्पर्धामा रहेका लम्साललाई एआईजीमा बढुवा गर्ने तयारी सरकारको छ ।

२८ माघ २०७६, मंगलवार ०८:५९ बजे प्रकाशित

NTA long ad