stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल वायुसेवा निगमको न्यारोबडी विमानलाई मर्मत सम्भार (सी–चेक) का लागि पठाइँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल वायुसेवा निगमको न्यारोबडी विमानलाई विस्तृत मर्मत सम्भार (सी–चेक) का लागि माघ २० गते चीन पठाइने भएको छ ।

जहाजको चेकजाँच र हरेक दुई वर्षमा हुने विस्तृत मर्मतसम्भारका लागि विमान चीन पठाउन लागिएको हो । निश्चित घण्टा, समयचक्र, पार्टपुर्जाको अवधि र उडान अवतरण अवधिका आधारमा विमानलाई विस्तृत मर्मतसम्भार गर्नुपर्ने हुन्छ ।

उडान चक्र (साइकल) पूरा भएको ९एन–एकेडब्लु कलसाइनको विमान पुस २० गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ अवस्थामा छ ।

निगमका प्राविधिक मनोजकुमार शाहले भन्नुभयो, “न्यारोबडीलाई सी–चेकका लागि चाइना साउदर्नसँग भएको सम्झौता अनुसार आइतबार (माघ १३ गते) नै जहाज त्यसतर्फ पठाउने तयारी रहेको थियो । चिनियाँ नयाँ वर्षका कारण माघ २० गते जहाज चीन उड्ने तयारी छ ।”

हरेक १८ देखि २४ महिनामा गरिने नियमित  चेकजाँच अन्तर्गत जहाजको प्राविधिक पक्ष, उडान प्रणाली,  संरचना  र  सामग्रीको  विस्तृत परीक्षणका लागि  निगमले चाइना  साउदर्नलाई   एमआरओ ( मेन्टेनेन्स, ओभरहल, अर्गनाइजेसन) छनोट गरेको उहाँले जानकारी दिनुभयो । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमोदन प्राप्त भइसकेको उहाँले बताउनुभयो ।

सी–चेकका क्रममा विमानको बाहिरी संरचनादेखि फ्लाइट कन्ट्रोल, इन्जिन, ल्यान्डिङ गियर, इलेक्ट्रिक्ल सिस्टम परीक्षण हुने गर्छ । चाइना साउदर्नसँगको सम्झौता अनुसार जहाज १५ दिनभित्र नेपाल फर्किने छ ।

यसअघि ३० दिनभित्र सी–चेक सक्ने गरी इटाली पुर्‍याइएको निगमको वाइडबडी ए–३३० जहाज दुई महिनापछि नेपाल फर्किएको थियो ।

IME Lifesidebar
kumari