stcnepal long ad
ime life insurance
national life
global ime bank long

आइएमई लाइफ इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४ दशमलव १२ प्रतिशत वृद्धि भएको छ।

गत आर्थिक वर्षमा कम्पनीले २३ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आर्थिक वर्षमा बढेर २६ करोड ७८ लाख रुपैयाँ पुगेको छ। चालू आर्थिक वर्षमा कम्पनीको आम्दानी र खुद बीमाशुल्क आर्जनमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो।

कुल आम्दानी गत आर्थिक वर्षमा २ अर्ब ६५ करोड ४४ लाख रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर ३ अर्ब १४ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै खुद बीमाशुल्क आर्जन गत आर्थिक वर्षमा १ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर २ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ पुगेको छ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषको आकार पनि बढेर १० अर्ब ८७ करोड २६ लाख रुपैयाँ कायम भएको छ।

इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको छ। कम्पनीले दोस्रो त्रैमाससम्म रिटेन्ड अर्निङमा १३ करोड ८२ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ७५ लाख रुपैयाँ र शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ रहेको छ।

यसै अवधिमा इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी भने ११ रुपैयाँ ७४ पैसाबाट घटेर १० रुपैयाँ ७१ पैसा कायम भएको छ। त्यस्तै इन्स्योरेन्स कम्पनीको प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २३ पैसा रहेको छ।

IME Lifesidebar
kumari