stcnepal long ad
ime life insurance
national life
global ime bank long

टान निर्वाचनः पाण्डे समूहले प्यानलसहित उम्मेदवारी दर्ता, यस्ता छन् एजेण्डा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका उम्मेदवार सागर पाण्डेले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् ।

टानको भदौ १७ मा हुनलागेको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि प्यानल सहित आफ्नो समूहले उम्मेदवारी दर्ता गरेको जानकारी दिए ।

पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, प्रथम उपाध्यक्षमा दावा लामा, द्वितीय उपाध्यक्षमा निशेष थापाले उम्मेद्वारी दिएका छन् ।

यस्तै, महासचिवमा सोनाम शेर्पा, सचिवमा सजना त्रिपाठी, कोषाध्यक्षमा गणेशप्रसाद न्यौपाने र सहकोषाध्यक्षमा डम्बर अधिकारीले उम्मेदवारी दिएका हुन् ।

साथै कार्यसमिति सदस्यका लागि माधवकुमार धमला, विनोदकुमार तामाङ, सृष्टि भण्डारी, फुर्बु छिरिङ भोटे, उत्सव ढकाल, शिवप्रसाद सिलवाल र अम्बिरबहादुर गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।

अध्यक्षका प्रत्यासी पाण्डेले टान अक्षयकोष स्थापना गर्न, पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहल गर्न आफूले उम्मेदवारी दिएको जानकारी दिए ।

ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाइने, टिम्स व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिने, नियन्त्रित पदमार्गको अनुमतिमा सहजीकरण गर्ने, कर सम्बन्धी समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

यस्तै, पर्यटक सवारी साधान खरिदमा भन्सार छुटको व्यवस्थालाई पहल गरी कार्यान्वयन गराइने, वैकल्पिक पदमार्गको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने, पदमार्गको प्रचारप्रसारलाई प्राथमिकता दिने घोषणा गरेका छन् ।

पाण्डेले जलवायु परिवर्तनको मुद्दालाई प्राथमिकका साथ उठान, पर्यटन ऐनलाई समयसापेक्ष बनाउने, ‘एक्सपेरियन्सल टुरिजम’को विकास, अन्तर्राष्ट्रियस्तरका विभिन्न तालिमसम्बन्धी पाठ्यक्रम सञ्चालन, पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्यमा जोड दिइने बताए ।

यस्तै, पर्यटनसँग सम्बन्धित अन्य सङ्घसंस्थासँग सहकार्य, पर्यटन विकासका लागि नेपाल सरकारका निकायसँग सहकार्य, कानुनी र वित्तीय परामर्श केन्द्र स्थापना, नेपाल पर्यटन बोर्डमा पर्यटन सङ्घसंस्थाको प्रतिनिधित्व हुने व्यवस्थाका लागि पहदल, टानको विधान समयसापेक्ष संशोधन, टान नेतृत्वका हाल सञ्चालनमा रहेका प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिने उहाँले योजना सुनाए ।

हाल देशभर २ हजार ४ सयभन्दा बढी ट्रेकिङ कम्पनी दर्ता भई सञ्चालनमा छन् । कम्पनी दर्ता गरी टान निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या भने १ हजार ४३८ छ । यी मतदाताले सन् २०२४ देखि २०२६ सम्मका लागि टानको नयाँ कार्यसमिति चयन गर्नेछन् ।

IME Lifesidebar
kumari