citizens life insurance long ad
stcnepal long ad

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको सूची सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १६ जना उम्मेदवारहरूको नाम संक्षिप्त सूची (सर्टलिस्ट) मा परेको छ ।

बोर्डको कार्यकारी प्रमुख छनोट उपसमितिले सूचना जारी गर्दै उम्मेदवारहरूको संक्षिप्त सूची सार्वजनिक गरेको हो।

‘नेपाल पर्यटन बोर्ड, कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३’ को दफा ६ को उपदफा (१) को खण्ड (क) र दफा ६ को उपदफा (२) बमोजिम विज्ञहरूको मूल्यांकनबाट सबैभन्दा बढी अंक हासिल गरेका १६ जना उम्मेदवारलाई वर्णानुक्रमअनुसार सर्टलिस्ट गरिएको छनोट उपसमितिले जनाएको छ।

मंसिर १० गते प्रस्तुतीकरण हुने
संक्षिप्त सूचीमा छनौट भएका उम्मेदवारहरूको प्रस्तुतीकरणका लागि आगामी मंसिर १० गते बिहान ८:१५ बजेको समय निर्धारण गरिएको छ। उम्मेदवारहरूलाई आफ्ना सम्पूर्ण शैक्षिक योग्यता र अनुभवका सक्कलै (ओर्जिनल) कागजातसहित पर्यटन बोर्डको सचिवालय, भृकुटीमण्डपमा सम्पर्क राख्न सूचित गरिएको छ।

संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको नामावली (वर्णानुक्रम अनुसार):

१. आशुतोष प्रधान – चितवन
२. उत्तम प्रसाद देवकोटा – चितवन
३. टेक बहादुर महत – इलाम
४. धर्मराज दवाडी – चितवन
५. नोजल कोइराला – मोरङ
६. युविका भण्डारी – काठमाडौं
७. राजाराम के.सी. – काठमाडौं
८. राम चन्द्र सेढाइ – गोरखा
९. रोहिणी प्रसाद खनाल – भक्तपुर
१०. लक्ष्मण गौतम – दाङ
११. विनोद अर्याल – पाल्पा
१२. श्रद्धा श्रेष्ठ – ताप्लेजुङ
१३. श्री प्रसाद भट्टराई – रूपन्देही
१४. सन्तोष विक्रम थापा – काठमाडौं
१५. सुरेश सिंह बुडाल – बैतडी
१६. हिक्मत सिंह ऐर – कञ्चनपुर

प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि उपसमितिले उत्कृष्ट ३ जनाको नाम बोर्डसमक्ष सिफारिस गर्नेछ र तीमध्येबाट एक जनालाई नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदमा नियुक्त गरिनेछ।

IME Life
kumari