stcnepal long ad
ime life insurance
national life
global ime bank long

काउन्टर साइक्लिक बफर अनुसार थप पुँजी कायम गर्नु नपर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । अब वाणिज्य बैङ्कहरूले अतिरिक्त पुँजीको व्यवस्था (काउन्टर साइक्लिक बफर) अनुसार थप पुँजी कायम गर्नु नपर्ने भएको छ । सो व्यवस्था बैङ्कलाई नियमन गर्ने नेपाल राष्ट्र बैङ्कले गरेको हो ।

आकस्मिक सङ्कटको प्रभावबाट सुरक्षित राख्न बैङ्कहरूले अतिरिक्त रूपमा जोहो गर्ने यही पुँजीको अंशलाई ‘काउन्टर  साइक्लिक  क्यापिटल  बफर’  भनिन्छ ।  यस्तो बफर शून्य प्रतिशत कायम गरेको छ ।

राष्ट्र बैङ्कले ‘क’, ‘ख’, ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै चालु आर्थिक वर्षका लागि यस्तो बफर शून्य प्रतिशत कायम गरेको हो ।

एकीकृत निर्देशन अनुसार अधिक कर्जा प्रवाहले निम्त्याउन सक्ने जोखिम न्यूनीकरण गर्न प्राथमिक पुँजीबाट कायम गर्नुपर्ने अतिरिक्त पुँजीको व्यवस्था (काउन्टर साइक्लिक बफर) को प्रावधान चालु आव २०८१/८२ मा लागु नहुने भएको छ ।

चालु आवको साउनदेखि लागु हुने गरी यस्तो व्यवस्था हटाइएको राष्ट्र बैङ्कले जनाएको छ । यसले बैङ्कलाई थप कर्जा प्रवाह गर्ने क्षमता बढाउने अपेक्षा गरिएको छ ।

यसअघि वाणिज्य बैङ्कहरूले आव २०८०/८१ को अन्त्यसम्ममा यस्तो बफर ०.५ प्रतिशत कायम गर्नुपर्ने प्रावधान रहेको थियो ।

एकीकृत निर्देशनका अनुसार २०८४ साल असार मसान्तसम्ममा बैङ्कहरूले न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवं मझौला उद्यमका क्षेत्रमा प्रवाह गर्नुपर्ने भएको छ ।

जसमा यसअघि एक करोडभन्दा कम रकमका कर्जा उल्लेख भएकोमा संशोधन गरी दुई करोड कायम गरिएको छ ।

यसबाट लघु, घरेलु तथा साना एवं मझौला उद्यमका क्षेत्रमा थप कर्जा प्रवाह भई आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ ।

काउन्टर साइक्लिक बफर २०७६ सालमा लागु गर्ने घोषणा भए पनि कोभिड–१९ को कारण देखाएर बैङ्कहरूले लागु नगर्न आग्रह गर्दै आइरहेका थिए । बैङ्कहरूले पुँजीकोषको दबाब खेप्नुपरेको र लगानीयोग्य पुँजी प्रवाह गर्न नसकेको समस्या देखाएपछि राष्ट्र बैङ्कले यो आवमा शून्यमा झारेको हो ।

IME Lifesidebar
kumari