समस्यामा परेकालाई सहयोग

आर्थिक सञ्जाल
काठमाडौं । लैनचौर नारायण मन्दिर व्यवस्थापन समाज र लैनचौर तेक्वान्दो डोजाङको संयोजनमा कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका काठमाडौं महानगरपालिका वडा २६, लैनचौरका परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको छ ।
डोजाङका प्रमुख गौरव रजकले जनाए अनुसार ७० परिवारलाई रु. १ हजार ५ सयका दरले नगद प्रदान गरियो । लैनचौरमै रहेको बहिरा संघलाई पनि सहयोग स्वरुप १० हजार रुपैयाँ प्रदान गरिएको रजकले जानकारी दिए । सहयोगका लागि अमेरिकामा रहेका रजकका आफन्तले आर्थिक सहयोग उपलब्ध गराएको बताइएको छ ।