stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सरकारकाे तयारी जेठ ३२ अघि नै लकडाउनको मोडल फेर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । सरकारले लकडाउनको मोडल फेर्ने तयारी गरेको छ । यसअघि जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याईए पनि त्यसअघि नै कोरोना संक्रमणको जोखिम हेरेर कम जोखिमका क्षेत्रमा लकडाउन खुकुलो पार्ने तयारी गरिएको हो ।

उच्चस्तरीय समन्वय समितिले विज्ञको समेत राय लिएर कम जोखिम भएको क्षेत्रमा जनजीवन सामान्य बनाउने विषयमा प्रस्ताव तयार गर्ने भएको छ ।

मन्त्रिपरिषदको शनिबारको बैठकले जेठ ३२ सम्म लकडाउन निरन्तर गर्ने तर यसबीचमा सरोकारवाला र विज्ञहरुको राय सुझाव र अरु देशका अनुभव समेत हेरेर लकडाउनको मोडालिटी हेरफेर गर्ने निणर्य गरेको थियो ।

उच्चस्तरीय समन्वय समितिको एक दुई दिन भित्रै बस्ने बैठकमा राय सुझाव लिएर लकडाउन विस्तारै खुलाउँदै जनजीवन सामान्य अवस्थामा फर्काउनेबारे छलफल हुने समिति सदस्य समेत रहेका पर्यटन मन्त्री योगेश भट्टराईले बताए । लकडाउन हटाउन दबाब दिदै गर्दा महामारी नियन्त्रण बाहिर जाने खतरा तर्फ पनि विचार गर्नुपर्ने उनले बताए ।

कोरोनो संकट व्यवस्थापन समिति (सीसीएमसी)ले संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र एलो जोनको सिफारिस गरेको छ । काठमाडौं लगायतका क्षेत्रमा लकडाउन खुकुलो बनाउने तर स्कूल कलेज, सिनेमा हल लगायत भिडभाड हुने क्षेत्रहरु भने बन्दै रहने गरि छलफल भइरहेको छ । स्वास्थ्य मन्त्रालयले पनि लडकाउनेका बारेमा आफ्नो सुझाव दिइसकेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari