stcnepal long ad
global ime bank long

 १३ जना कोरोना संक्रमित थपिए ,संक्रमित संख्या १८ सय ११ पुग्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित थपिनेमा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।

नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

नयाँ विवरणसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ सय ११ पुगेको छ । सोमबार मात्रै २ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।

IME Lifesidebar
kumari