citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

चेल्सीलाई हराउँदै च्याम्पियन्स लिगमा युनाइटेड

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

म्यानचेस्टर ।  म्यानचेस्टर युनाइटेडले बिहीबार इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई सजिलै ४–१ ले पराजित गर्दै अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि छनोट भएको छ ।

युनाइटेडका लागि कासेमिरो, एन्थोनी मार्टिएल, ब्रुनो फर्नान्डेस र मार्कस रसफोर्डले गोल गरे । यो जितपछि युनाइटेड लिग अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । अर्कोतर्फ व्यवस्थापकका रूपमा फ्रायन्क लाम्पार्ड फर्केयता चेल्सी १० खेलमध्ये आठौंमा पराजित रह्यो ।

एरिक टेन हाग व्यवस्थापकका रूपमा युनाइटेडमा आएयता भने क्लबको प्रदर्शन उच्च रहेको छ । यसै क्रममा युनाइटेडले प्रिमियर लिगको शीर्ष चारमा मात्र स्थान बनाएको छैन, लिगकप पनि जितेको छ । उसले अब एफएपको फाइनलमा म्यानचेस्टर सिटीको सामना गर्दै छ ।

himalayan life insurance
igi long