prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

दैनिक सात अर्बको कारोबार गर्ने फोनपेले आईपीओ ल्याउँदै

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने तयारीका लागि एनएमबि क्यापिटलसँग सम्झौता गरेको हो।

एनएमबि क्यापिटलले फोनपेलाई आफ्नो विशेषज्ञता र क्षमताका आधारमा आइपीओ जारी गर्ने बिषयमा आवश्यक परामर्श दिनेछ ।

पूर्व तयारीको काम सकिएपछि नियामक निकायबाट आवश्यक स्वीकृति लिइ फोनपेले सर्वसाधारणका लागि आइपीओे जारी गर्ने छ। फोनपे आइपीओ जारी गर्ने तयारीमा रहेको नेपालको पहिलो फिनटेक कम्पनी बन्नेछ।

सम्झौतामा हस्ताक्षर गर्दै फोनपेका प्रमुख कार्यकारी प्रमुख दिवस सापकोटाले एनएमबिसँगको सम्झौताले आइपीओ निष्काशन गर्न सहज हुने बताए।

‘हामीले साधारण सेयर जारी गर्ने मात्र भन्दा पनि प्रविधि क्षेत्रमा काम गरि रहेका नेपालका अन्य कम्पनीहरुलाई प्रेरणा दिन र बेन्चमार्क सेट गर्न खोजेका हौं ।

यसलाई हासिल गर्न हामीलाई आवश्यक पर्ने सहयोग र मार्गदर्शन गर्नका लागि एनएमबि क्यापिटलसँग सहकार्य गर्न लागेका हौं’, फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने ।

फोनपेले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको लाइसेन्स लिएर सन् २०१९ देखि सञ्चालनमा छ । कम्पनीले बैंक तथा वालेट प्रदायकका ग्राहकहरूलाई मोबाइल फोनमार्फत नगदरहित भुक्तानी सेवा दिँदै आएको छ।

फोनपे नेटवर्कमा ५८ वटा भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु सदस्य छन्। १ करोड ८० लाख भन्दा बढी सेवाग्राही र १२ लाख बढी मर्चेन्टहरु आवद्ध छन्। यसले दैनिक सात अर्बभन्दा बढीको नगदरहित कारोबारलाई सहजीकरण गरिरहेको छ।

१२ जेठ २०८०, शुक्रवार ०६:४० बजे प्रकाशित

NTA long ad
stcnepal long ad