stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लिटमस केबलद्वारा नेपाली क्रिकेट टोलीको जर्सी प्रायोजन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको अग्रणी केबल ब्राण्ड लिट्मस केबलले अप्रिल ३० देखि मे ९ सम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा हुने नेपाल र जिम्बावे (ए) बिचको द्विपक्षीय एकदिवसीय र टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजन गरेको छ ।

सिरिजको तालिका अनुसार नेपालले ३० अप्रिल, २ मे र ४ मेमा ३ वटा एकदिवसीय खेल खेल्नेछ भने ३ वटा टी–२० खेल ६, ७ र ९ मेमा खेल्नेछ ।

रमेश कर्पोरेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ता ज्युले भन्नु भयो ‘राष्ट्रिय टिम संग सहकार्य गर्न पाउदा हामी गौरवान्वित भएका छौ।’ यो सहकार्यले नेपाली क्रिकेटको विकास र सफलतामा योगदान पुर्याउने छ भन्ने कुरामा म विश्वस्त छु। हामी नेपाली क्रिकेट टोलीका सबै सदस्यहरूलाई हार्दिक शुभकामना र हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।

सन् १९७७ मा स्थापना भएको लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको पहिलो एल्युमिनियम कन्डक्टर स्टिल रिइन्फोर्स्ड (ब्ऋक्च्) उत्पादन कम्पनी हो। यस कम्पनिले चार दशकदेखि अत्याधुनिक जर्मन प्रविधि र पूर्वाधारहरू प्रयोग गरि लिटमस केबल्स ब्रान्ड अन्तर्गत उच्च गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको छ।

लुम्बिनी विद्युत उद्योग प्रा.लि. नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक रमेश कर्पको भगीनी संस्थाका रुपमा रहँदै आएको छ ।

prabhu mahalaxmi
kumari