sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग मैत्रिपूर्ण खेल खेल्ने भएको छ । काठमाडौंको दशरथ रंगशालामा आज साँझ ५ बजे खेल सुरु हुनेछ ।

नेपालसँग दुईवटा मैत्रिपूर्ण खेलका लागि बंगलादेशको महिला फुटबल टोली गत सोमवार नेपाल आएको हो । बंगलादेश विरुद्धको खेल नेपालको महिला राष्ट्रिय टोलीका लागि दशरथ रंगशालामा पहिलो खेल हुनेछ ।

सिनियर राष्ट्रिय टोलीले अहिलेसम्म दशरथ रंगशालामा खेलेका छैन । टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी चोटका कारण उपचाररत छिन् । यस्तोमा टोलीको सुरुवाती एघारमा पर्न निकै प्रतिस्पर्धा छ ।

विदेशी प्रशिक्षक ग्यारी फिलिप्सले तयार पारेको टोलीका सात खेलाडी राष्ट्रिय टिममा डेब्यु गर्ने तयारीमा रहेका छन् । उज्वेकिस्तानमा हुने एएफसी महिला एसिया कप फुटबल छनोटको तयारी स्वरुप नेपालले बंगलादेशसँग अभ्यास खेल खेल्न लागेको हो ।

gold
prabhu bank
nawakantipur long