citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

लिथुआनिया विरुद्ध इटलीको फराकिलो जीत

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

एजेन्सी । विश्वकप छनोट अन्तर्गत इटलीले लिथुआनिया विरुद्ध ५–० को जित निकालेको छ । यसअघि स्विचरल्यान्ड विरुद्ध गोलरहित बराबरी खेलेको इटली बुधबार भने निकै बलियो रुपमा प्रस्तुत भयो ।

इटलीबाट मोसी केनले दुई तथा इडगारस उट्कस, गियाकोमो रास्पाडोरी र डि लोरेन्जोले एक–एक गोल गरे ।

यससँगै युरोकप विजेता इटली पछिल्ला ३७ खेलमा अपराजित रह्यो । विश्व फुटबलमा यति लामो अवधि अराजित रहने इटली पहिलो टोली हो ।

यसअघि १९९० को दशकमा ब्राजिल र २००० को दशकमा स्पेनले समान ३५–३५ खेलसम्म अपराजित रहने किर्तिमान बनाएका थिए ।

त्यसैगरी विश्वकप छनोट अन्तर्गत नै स्पेनले कोसोभोलाई २–० ले हराएको छ । स्पेनबाट पाब्लो फर्नाल्स र फरान टोरेसले एक–एक गोल गरे ।

himalayan life insurance
igi long