Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

काठमाडौं रेजर्स नेपाल सुपर लिग फुटबलको फाइनलमा पुग्यो

civilbank long ad

काठमाडौं । काठमाडौं रेजर्स फुटबल क्लब नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुगेको छ । बिहीवार (आज) दशरथ रङ्गशालामा भएको खेलमा ललितपुर सिटी एफसीलाई तीन–शून्य गोलले हराउँदै काठमाण्डौ उपाधि नजिकै पुगेको हो ।

काठमाडौंको जितमा मौसिके ओलोमोउले दुई र स्टेफिन विनोङले एक गोल गरे । खेलको १५ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै काठमाडौंले अग्रता बनाएको थियो । यस्तै काठमाडौंले २२ औँ र ६० मिनेटमा गोल गर्‍यो ।

अब उपाधिका लागि काठमाडौंले शनिवार पर्सि धनगढी एफसीसँग खेल्नेछ । प्लेअफमा काठमाडौं धनगढीसँगै पराजित भएको थियो । यस प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।


३० वैशाख २०७८, बिहीवार १९:५३ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad