स्पेन र नेदरल्यान्ड्सको बराबरी खेले
एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन र नेदरल्यान्डले बराबरी खेलेका छन् । बुधबार राति नेदरल्यान्ड्सको घरेलु मैदानमा भएको खेल १–१ गोलको बराबरीमा टुगिंएको हो ।
पाहुना टोली स्पेनले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । स्पेनले १९औं मिनेटमा सर्जियो केनालेसको गोलबाट अग्रता लिएको थियो । उनले अल्भारो मोराटाको पासमा गोल गर्न सफल भएका थिए ।
दोस्रो हाफको शुरुमै घरेलु टोलीले खेललाई बराबरीमा ल्याए । ओवेन विज्नाल्डलको पासमा डोनी भान डि बिकले बराबरी गोल फर्काए । त्यपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल बराबरीमा टुंगियो ।
नेदरल्यान्ड्सले अब लिग ‘ए’ १ को पाँचौ राउन्डको खेलमा बोस्नियासँग तथा छैटौ राउन्डमा पोल्यान्डसँग प्रतिस्पर्धा गदैछ । यस्तै स्पेनले लिग ‘ए’ ४ मा स्वीट्जरल्यान्ड तथा जर्मनीसँग प्रतिस्पर्धा गर्दैछ ।

























