stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ग्लोबल आईएमई बैंकले सर्वोकृष्ट पुरुष र महिला बर्ष खेलाडीलाई  १–१ लाख नगद पुरस्कार

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल । बुधबार, ७ फागुन २०७६
काठमाडौँ । ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघद्धारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ । पुरुषतर्फ सर्वोकृष्ट प्याराग्लाईडिङ्गका विमल अधिकारी र महिलातर्फ सर्वोकृष्ट भएकी तेकवान्डोकी निमा गुरुङ्गलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले जनही रु १,००,०००/– को चेक हस्तान्तरण गरे । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदको विकास र विस्तारको लागि निरन्तर रुपमा खटिएर काम गर्ने संघसंस्था, व्यक्तित्वहरु लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले विगत १३ वर्ष देखि निरन्तर स्र्पोट्स अवार्ड प्रदान गर्दै आईरहेको छ । सोही कार्यलाई निरन्तरता दिदैं १४औं एनएनआईपिए स्र्पोट्स अवार्ड मंगलबार वसन्तपुरको डवलीमा आयोजना गरिएको थियो । प्रत्यक्ष सहभागिताले खेलाडीको मनोबल बढाई समग्र खेल क्षेत्रकै विकासमा महत्वपूर्ण योगदान पुग्न सक्ने कुरालाई दृष्टिगत गरी ग्लोबल आईएमई बैंकले खेलाडीहरुलाई प्रदान गरिने विभिन्न पुरस्कारहरुमा प्रायोजन गर्दै आईरहेका जनाएकोे छ ।

       

prabhu mahalaxmi
kumari