sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सुन प्रतितोला ४ सय रुपियाँ बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बुधबार, ७ फागुन २०७६
काठमाडौँ । सुनचाँदीको मूल्य निरन्तर बढीरहेको छ । मंगलबारको तुलनामा छापावाल सुन प्रतितोला आज ४ सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ७७ हजार १ सय तोकिएको छ । मंगलबार भने ७६ हजार ७ सय रुपियाँमा कारोबार भएको थियो । त्यसैगरी तेजावी सुन प्रतितोला ७६ हजार ८ सय र चाँदी प्रतितोला ९०५ रुपियाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ८ सय ९० रुपियाँमा कारोबार भएको थियो । महासंघका अनुसार आजका लागि छापावाल सुन प्रति १० ग्राम ६६ हजार १ सय, तेजाबी सुन प्रति १० ग्राम ६५ हजार ८ सय ४५ र प्रति १० ग्राम चाँदीको ७ सय ७६ रुपियाँ मूल्य तोकिएको छ ।

 

gold
prabhu bank
nawakantipur long