stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एट्लेटिकोका दुई खेलाडीमा कोरोना संक्रमण

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । एट्लेटिको मड्रिडका दुईजना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । च्याम्पियन्स लिग अन्तर्गत बिहीबारको खेल खेल्न तयार भएको एट्लेटिकोका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

एट्लेटिकोले लिक्वोनमा जर्मन क्लब आरबी लाइपेजिगसँग क्वार्टरफाइनलको खेल खेल्दै छ ।

च्याम्पियन्स लिगको अन्तिम आठमा खेल्न तयार भएको एट्लेटिकोका खेलाडीमा कोरोना देखिँदा क्लबका लागि नयाँ योजना बनाउनुपर्ने बाध्यता छ । एट्लेटिकोका संक्रमित दुवै खेलाडी हाल आइसोलेसनमा छन् ।

शनिबार गरिएको परीक्षणमा पहिलो टिमका खेलाडी तथा स्टाफमा कोरोना पोजेटिभ देखिएको हो । च्याम्पियन्स लिगको अन्तिमा आठका खेल पोर्चुगलको लिस्बोनमा खेलाउन लागिएको हो । बन्द रंगशालामा हुने खेल सिंगल लेगमा गर्न लागिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long