कागेश्वरी सहिद पार्कमा १५ सय किलोको कागको मुर्ति राखिने
काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ काे कागेश्वरी मन्दिर छेउकाे गागलकाे शहीद पार्कमा राख्न विश्वकै सबै भन्दा ठुलो १५ सय किलोको कागको मुर्ति बनाउने काम तिब्र गतिमा भैरहेको छ ।
वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालको पहलमा १५ सय किलोको कागको मुर्ति बनाउने काम अघि बढेको छ ।
कागेश्वरी मनहरा नपा -१ गागलफेदीको गागल भन्ने ठाउँकाे शहिद पार्कमा राख्नको लागि १३ फिट अग्लो कागको मुर्ति पाटन औद्योगिक क्षेत्रमा रहेको नेपाल ढलोट उद्योगले मुर्ति निर्माणको काम गरिरहेको छ ।

कागको मुर्ति बनाउन दैनिक ३-४ जना कालिगढ खटिएकाे नेपाल ढलोट उद्योगका सञ्चालक अमिररत्न शाक्यले जानकारी दिएका छन । अहिले मुर्ति निर्माणको झण्डै ७५ प्रतिशत काम सकिएको उनले बताएका छन् । कागको मुर्तिका लागि टाउको, जीउ, खुट्टा सहित एउटा पखेटा बनिसकेको र अहिले दायाँ पखेटा बनाउने काम भैरहेको बागमती प्रदेशका भाैतिक पुर्वाधार मन्त्री फुयालले जानकारी दिएका छन् ।
विगतमा लकडाउनका कारण मुर्ति निर्माणकाे काम रोकिए पनि साउन ६ गते राती सरकारले लकडाउन हटेको घोषणा गरेसगै मुर्ति निर्माणको काम तिव्र गतिमा पुन: सुरु भएको मन्त्री फुयालले जानकारी दिएका छन् ।
आगामी कागेश्वरी मेलाकाे अवसरमा याे मुर्ति अनावरण गर्ने याेजनाका साथ निर्माण कार्य भैरहेकाे छ। जनैपूणिर्माकाे दिन गाेसाई कुण्ड गई दर्शन गर्नेले कागेश्वरी मेलामा कागेश्वरीआई अनिवार्य दर्शन गरि मनकामना पूरा गर्ने प्रचलन र धार्मिक मान्यता र जन विश्वास रहि आएकाे छ।
पञ्चरत्न धातुको कागको मुर्ति निर्माणका लागि मन्त्री फुयाँल सहित उपभोक्ता समिति गठन गरी काम अगाडी बढेको छ । कागेश्वरीमा २ सय २७ किलोको ४.५ फिट अग्लो कागको मुर्ति यसअघि नै राखिएको छ ।
विश्वमै ठुलो कागको मुर्ति बनेपछि कागेश्वरी मनहरा नगरपालिकालाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न टेवा पुग्ने नगरपालिकाका मेयर कृष्णहरि थापाले बताएका छन।





















