stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

१३ औं दक्षिण एशियाली खेलकुद सागका स्वर्ण विजेतालाई कांग्रेसले सम्मान गर्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदकजित्ने खेलाडीहरुलाई नेपाली कांग्रेसले सम्मान गरेको छ । पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा कांग्रेसले स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो ।

कांग्रेस खेलकुद विभागले आयोजना गरेको विशेष कार्यक्रममा सभापति शेरबहदुर देउवाले स्वर्ण पदक विजेताहरुलाई प्रति खेलाडी १० हजारका दरले सम्मान गरेको हो ।

एकभन्दा बढी पदक जित्ने खेलाडीहरुलाई थप ५ हजार दिइएको छ । जस अनुसार सागमा ४ वटा स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले २५ हजार प्राप्त गरिन् ।

यस्तै २ वटा पदक जित्ने तेक्वान्दोका आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुबास तामाङलाई १५ हजार रुपैयाँले सम्मान गरेको छ । नेपालले सागमा स्वर्ण रजत र कास्य गरी २ सय ६ पदक प्राप्त गरेपनि कांग्रेसले स्वर्ण पदक विजेतालाई मात्रै सम्मान गरेको हो ।

यद्यपी रजत र कास्य जित्ने खेलाडीलाई भने पछि सम्मान गर्ने विभागले जनाएको छ । सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य सहित कुल पदक २०६ जितेको थियो । महाधिवेशनको मिति नजिकिँदै गर्दा गठन भएको पार्टीको खेलकुद विभागले सक्रियता देखाउन थालेको छ ।

prabhu mahalaxmi
kumari