stcnepal long ad
ime life insurance
national life
global ime bank long

एम्बाप्पेको दुई गोलमा रियल म्याड्रिड विजयी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

स्पेनिस ला लिगको शनिबार राति भएको खेलमा रियल म्याड्रिडले लेगानेसलाई ३–२ गोल अन्तरले हराएको छ। रियलको जितमा केलियन एम्बाप्पेले दुई गोल गरे। यो जितपछि रियल र बार्सिलोनाको अङ्क बराबर भएको छ।

फ्रान्सेली स्ट्राइकर एम्बाप्पेले खेलको ३२ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई उपयोग गर्दै गोल गरेका हुन्। त्यसको एक मिनेटपछि नै डिएगो गार्सियाले रियलको रक्षापक्तिको कमजोरीको फाइदा उठाउँदै बराबरी गोल गरेका थिए।

खेलको ४१ औँ मिनेटमा डानी रबाले लेगानेसलाई अग्रता दिलाएको खेलमा ४७ औँ मिनेटमा जुड बेलिङघमले बराबरी गोल गरेका थिए।

खेल सकिन १५ मिनेट बाँकी रहँदा प्राप्त फ्रिकिकलाई एम्बाप्पले निर्णायक गोलमा परिणत गरे। एम्बाप्पेको यो गोलसँगै लेगानेसलाई म्याड्रिडले ३–२ गोल अन्तरले हराएको हो।

स्पेनिस ला लिगका शनिबार भएका अन्य खेलमा रायो भल्कानोले डेपोर्टिभो अल्भासलाई २–० ले तथा रियल सोसिडाडले रियल भालाडोलिडलाई २–१ ले हराए। इस्पानियोल र एट्लेटिको म्याड्रिडको खेलमा १–१ गोलको बराबरी भयो।

तालिकामा रियल म्याड्रिड र बार्सिलोनाको समान ६३ तथा एट्लेटिको म्याड्रिडको ५७ अङ्क छ। एथलेटिक बिलबाओको ५२ अङ्क छ।

IME Lifesidebar
kumari