सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक समूहको शेयर बिक्रीमा

काठमाडौं । सप्कोशी डेभलपमेन्ट बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ ।
यो शेयर विद्यमान शेयरधीका साथै जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपियाँ तोकिएको छ ।
लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । शेयर खरिद गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताकै लागि आवेदन दिन सकिनेछ ।
इच्छुक खरिदकर्ताले आफूले लिन चाहेको दररेट खुलाई आज (चैत १७ गते) देखि चैत २६ गतेसम्म शेयर बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड, डिल्लीबजार, काठमाडौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ । शेयर खरिदका लागि परेका बोलपत्र चैत २७ गते दिउँसो ३ बजे खोलिनेछ ।