stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई

सन्जिब दुलाल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

भक्तपुर । भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोले उचालेको छ । भक्तपुर जिल्ला सितोरियो कराते सङ्घको आयोजनामा भक्तपुर जिल्ला व्यापी प्रतियोगिताको ९ स्वर्ण ३ कांस्य र २ रजतका साथ नगदेश डोजोले उचालेको हो ।

यस्तै प्रतियोगितामा ४ स्वर्ण ७ कांस्य र ७ रजतका साथमा भक्तपुर मेन डोजो दोस्रो भएको छ भने २ स्वर्ण ५ रजत र ४ कांस्यका साथ भक्तपुर नगरपालिका डोजो तेस्रो भएको थियो ।

यस्तै प्रतियोगितामा उदयमान खेलाडीको उपाधि भने एस एस सदनका प्रसून थापा र मदरल्याण्डकी बिपना तसिजुले हात पार्न सफल भएका थिए । उत्कृष्ट खेलाडी तर्फ भने नगदेशका विष्णु थापा र झौखेलकी रुविना सुलुले हात पारेका थिए ।

प्रतियोगिताको समापन गर्दै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले खेलकुदको विकाससँगै देशको पनि विकास हुने बताउनुभएको थियो । उहाँले राज्यले नै खेलाडीहरूको लागि हेर्नु पर्ने बताउँदै स्थानीय तहले खेलकुदको विकासका लागि सक्ने प्रयास गर्नु पर्ने समेत उहाँले बताउनुभएको थियो ।

चाँगुनारायण नगरपालिकाको प्रयोजन रहेको उक्त खेलमा २५ टिमको सहभागिता रहेको सितोरियो कराते सङ्घ भक्तपुरका अध्यक्ष राजन चित्रकारले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्ला भरका २५ डोजोबाट ३२५ खेलाडी सहभागी रहेका थिए ।

तौल समूह अनुरूप खेलाइएको उक्त खेलमा २० केजी देखि ६० प्लस केजी तौल समूहसम्म पुरुष तथा २० केजी तौलदेखि ५५ केजी तौल सम्म महिला गरी १९ खेल यस्तै महिला तथा पुरुष काता तथा महिला पुरुष टिम काता समेत खेलमा समावेश भएको सँघका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीले जानकारी दिनुभयो ।

खेल डब्ल्यु केएफ, एकेफ र एनकेएफ को नियम अनुसार खेल खेलाइएको त्वातीले जानकारी दिनुभयो ।

खेलको उद्घाटन प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले गर्नुभएको थियो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, खेलाडी दावा लामा, चाँगुनारायण खेलकुद समितिका अध्यक्ष रघु के.सी. सितोरियो कराते भक्तपुरका पूर्व अध्यक्ष प्रकाश द्यौभडेल, चाँगुनारायण नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सोम प्रधान, पवन भुजु, लगायत खेल क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

 

prabhu mahalaxmi
kumari