नेपाल–अमेरिका टी– २० आई सिरिजः टस जितेर अमेरिका ब्याटिङ गर्दै

काठमाडौं । नेपाल र अमेरिकाबीच टी– २० आई सिरिजको तेस्रो तथा अन्तिम खेल अहिले सुरु भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरीमा अन्तिम टी–२० आईमा घरेलु टोली र नेपालबीचको खेल नेपाली समय अनुसार बिहान पौने छ बजेबाट सुरु भएको हो । अमेरिकाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
तीनवटा सिरिजको अन्तिम टी–२० खेल नेपालले आज अमेरिकासँग खेल्दैछ । यसअघिको दुईवटा टी(२० खेलमा नेपालले अमेरिकामाथि जीत निकाल्दै सिरिज आफ्नो हातमा पारेपनि आजको खेल जित्दै सिरिज क्लिन स्वीप गर्ने दाउमा नेपाल रहेको छ ।
यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोली विरुद्धको दुई खेलको टी२० आई सिरिज आफ्नो पक्षमा पारेको थियो ।
नेपालले अमेरिकासँगको पहिलो खेलमा १७ रनले जीत हात पारेको थियो भने हिजो भएको दोस्रो खेलमा सुपर ओभरमा जीत निकाल्न सफल भएको हो । सुपर ओभरमा तीन रनको लक्ष्य पाएको नेपालले खेल सजिलै हात पारेको थियो ।
हिजोको सुपर ओभरको खेलमा सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै अमेरिकालाई दुई रनमा रोक्दै दुई विकेट हासिल गरेका थिए ।