sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

आजको विदेशी मुद्रा विनिमय दर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैँया ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैँया ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैँया १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैँया ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैँया १७ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ८४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैँया १ पैसा र बिक्रीदर ९० रुपैँया ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैँया २५ पैसा र बिक्रीदर ९७ रुपैँया ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैँया ४२ पैसा र बिक्रीदर एक सय २ रुपैँया ८८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर खाठ रुपैँया ९८ पैसा र बिक्रीदर नौ रुपैँया २ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैँया ९० पैसा र बिक्रीदर १८ रुपैँया ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैँया ७४ पैसा र बिक्रीदर ३५ रुपैँया ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैँया ८१ पैसा र बिक्रीदर ३६ रुपैँया ९७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैँया ५ पैसा र बिक्रीदर चार रुपैँया ५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैँया ५४ पैसा र बिक्रीदर ३६ रुपैँया ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैँया १८ पैसा र बिक्रीदर ३१ रुपैँया ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैँया ८० पैसा र बिक्रीदर ९ रुपैँया ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैँया ७६ पैसा र बिक्रीदर १२ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ५५ पैसा र बिक्रीदर १९ रुपैँया ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैँया २७ पैसा र बिक्रीदर १७ रुपैँया ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैँया ९२ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैँया ९८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैँया ७९ पैसा तथा भारतीय रुपैँया एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

gold
prabhu bank
nawakantipur long