stcnepal long ad
ime life insurance
global ime bank long

एनसीसी मलेसियाद्वारा एन्फालाई चेक हस्तान्तरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले अखिल नेपाल फुटबल संघ एन्फालाई ६ लाख रुपियाँको चेक हस्तान्तरण गरेको छ ।

असोज १२ गतेको सिस्नेरी पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका ६ जना खेलाडीका परिवारलाई यसअघि एनआरएनए एनसीसी मलेसियाले जनही १ लाख रुरिपयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार एनसीसी मलेसियाका महासचिव टीकाराम अधिकारीले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई सो चेक हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रमा एन्फा उपाध्यक्ष दावा लामाले पछिल्लो विपत्तिबाट नेपाली फुटबलले ठूलो क्षति भोगेको बताउँदै विपद्को बेलामा सहयोग गरेको एनसीसी मलेसियालाई सधैं सम्झिने बताउनुभयो ।

एनसीसी मलेसियाका महासचिव अधिकारीले सिस्नेरी पहिरोका कारण ६ जना खेलाडीको निधन भएपछि कोषाध्यक्ष बालध्वज लिम्बूको पहलमा सहयोग रकम जुटाएर जनही १ लाख रुपियाँ दिने निर्णय अनुसार एन्फालाई ६ लाख रुपियाँको चेक हस्तान्तरण गरिएको बताउनुभयो ।

एन्फा अध्यक्ष नेम्वाङले निधन भएका खेलाडीहरुको स्मृतिमा अक्षयकोष खडा भएको र उक्त रकम त्यसमा जम्मा गर्ने प्रतिवद्धता जनाउँदै सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा एनसीसी मलेसियाका निवर्तमान अध्यक्ष विनोदकुमार थापासहित एन्फाका अन्य पदाधिकारीको पनि उपस्थिीति रहेको थियो । मकवानपुरको सिस्नेरी पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको ज्यान गएको थियो ।

इन्द्रसरोवर गाउँपालिका –३ टेकरमा सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा परी वत्सला माविमा सञ्चालन भइरहेको एकेडेमीमा अध्ययनरत ६ युवा खेलाडीको निधन भएको थियो ।

उक्त घटनामा मकवानपुरका अनुप घलान, दिवस वानियाँ र साइमन योञ्जन रहेका छन् । यसैगरी काठमाडौंका रियान्स आचार्य, सर्लाहीका आदित्य बलपाकी र बाराका बिकल रेग्मीको निधन भएको थियो।

prabhu mahalaxmi
kumari