stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

अमेरिकी राष्ट्रपति बाइडेन जर्मन भ्रमणमा जाने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को हप्ता देखि जर्मन भ्रमण गर्ने अपेक्षा गरेका छन् । बाइडेन शुक्रबार एक दिने भ्रमणको लागि बर्लिन आउनु हुने स्रोतले जनाएको छ ।

जर्मन सञ्चार माध्यमका अनुसार बाइडेनले जर्मन चान्सलर ओलाफ स्कोल्ज र राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरसँग भेट गर्नेछन् ।

बाइडेनको जर्मनको मूल भ्रमण अक्टोबर १० देखि १२ को बीचमा हुने थियो । अमेरिकाको फ्लोरिडामा आएको आँधी मिल्टनको निरीक्षण गर्न उनले उक्त भ्रमण रद्द गरेका थिए ।

अमेरिकामा आँधीले गर्दा करिब ५० अर्ब अमेरिकी डलरको क्षति भएको र कम्तिमा १६ जनाको ज्यान गएको अनुमान गरिएको छ ।

prabhu mahalaxmi
kumari