stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

इंग्लिस प्रिमियर लिगः लिभरपुल, म्यान सिटी, शेफिल्ड युनाईटेड र बर्न्ले विजयी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, म्यान्चेस्टर सिटी, शेफिल्ड युनाईटेड र बर्न्ले विजयी भएका छन् । च्याम्पियन लिभरपुलले ब्राइटनलाई ३–१ ले पराजित ग¥यो । लिभरपुलका लागि मोहम्मद सलाहले दुई गोल गर्दा जोर्डन हेन्डर्सनले एक गोल थपे ।

पराजित टोली ब्राइटनका लियाद्रो ट्रोसार्डले एक गोल फर्काए । जारी सिजनमा एक सय अंक पु¥याएर नयाँ रेकर्ड बनाउने लक्ष्यमा रहेको लिभरपुलले ३४ खेलबाट ९२ अंक पु¥याएको छ ।

दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ६९ अंक छ । सिटीले गएराति न्युकासल युनाईटेडलाई ५–० ले हरायो । उसका लागि ग्याब्रियल जिसस, रियाद माहारेज, डेभिड सिल्भा र राहिम स्टर्लीङले एक एक गोल गरे ।

न्युकासलका फेडेरिको फर्नान्डेजले एक आत्माघाति गोल गरेका थिए । प्रिमियर लिगकै अन्य खेलहरुमा शेफिल्ड युनाईटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हराउँदा बर्न्लेले वेष्ट ह्याम युनाईटेड माथि १–० कै जित निकालेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari