citizens life insurance long ad

जापानले नेद्ल्यान्ड्सलाई २–२ को बराबरीमा रोक्दै अंक बाँडे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत जापानले बराबरी खेलेको छ। भर्खरै सम्पन्न खेलमा जापानले नेद्ल्यान्ड्सलाई २–२ को बराबरीमा रोक्दै अंक बाँडेको हो।

चारै गोल दोस्रो हाफमा सम्भव भयो। ५१ औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए। ५७ औं मिनेटमा केइतो नाकामुराले गोल गर्दै जापानलाई बराबरीमा ल्याए।

६४ औं मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः २–१ ले अघि बढाए। तर, खेल सकिनै लाग्दा ८९ औं मिनेटमा दइची कमाडाले गोल गर्दै जापानको हार टारे।

IME Lifesidebar
kumari