stcnepal long ad
ime life insurance
global ime bank long

राजदूत पाण्डे नियुक्तिको लामो समयपछि पुगे चीन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नियुक्ति पाएको लामो समयपछि चीनका लागि नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डे बिहीबार चीन पुगेका छन्।

गत वैशाख पहिलो साता राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई चीनका लागि राजदूतमा नियुक्त गरेकी थिइन् । कोभिड–१९ महामारीका कारण पाण्डे नियुक्तिको झण्डै ३ महिनामा बेइजिङको निकटवर्ती सहर थ्येनचिनमा अवतरण गरेका छन्।

अवतरण गरे लगत्तै राजदूत पाण्डे र सोही विमानमा आएका अन्य यात्रुहरूको स्वास्थ्य परीक्षण गरिएको छ। झण्डै ४–५ घण्टामा स्वास्थ्य रिपोर्ट प्राप्त भएपछि राजदूत पाण्डे बेइजिङ आएर नेपाली राजदूतावासमै १४ दिने एकान्तवासमा बस्ने जनाइएको छ ।

बेइजिङस्थित दूतावासदेखि थ्येनचिन पिनहाइ विमानस्थलसम्मको दूरी करिब ४० किलोमिटर छ।

बुधबार राति काठमाडौंबाट प्रस्थान गरेको हिमालय एयरलाइन्सले पाण्डेको परिवार सहित १२ जना यात्रुहरू बोकेर थ्येनचिन पिनहाइ एयरपोर्टमा अवतरण गरेको थियो।

दुई सातापछि मात्रै राजदूत र दूतावासका कर्मचारीहरूबीच भेट हुनेछ।

नेपाल सरकारले गत वर्ष फागुन १८ मा तत्कालीन राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई पाण्डेलाई राजदूत बनाउने निर्णय गरेको थियो।

वैशाख १४ गते राष्ट्रपति भण्डारीबाट शपथ खाएका पाण्डे हाल देखिएको कोरोना महामारीका कारण बेइजिङ उत्रिन पाएका थिएनन्।

prabhu mahalaxmi
kumari