citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

क्यानडा–बोस्निया एन्ड हर्जगोभिना बीचको खेल १–१ गोलको बराबरीमा टुंगियो

Nimb long ad
Prabhu Insurance Long Ad

सहआयोजक क्यानडाले विश्वकप २०२६ मा बोस्निया हर्जगोभिनिविरुद्धको खेल १–१ को बराबरीमा टुंग्याएको छ । ७८ औं मिनेटमा कायल लरिनले गरेको गोलमा क्यानडाले बोस्निया हर्जगोभिनाविरुद्धको खेल १–१ को बराबरीमा टुंगिएको हो ।

घरेलु मैदानमा क्यानडाको यो पहिलो गोल हो । क्यानडाले विश्वकपमा अंक बटुलेको पनि यो पहिलो अवसर हो । क्यानडाको विश्वकपमा यो तेस्रो सहभागिता हो । टोलीले यसअघि १९८६ मा मेक्सिकोमा र २०२२ मा कतारमा विश्वकप खेलेको थियो, तर ती दुई खेलमा उसले कुनै अंक बटुल्न सकेको थिएन ।

बोस्निया हर्जगोभिनाले पहिलो हाफमा १–० को अग्रता बनाएको छ । जोभो लुकिजको हेड गोलमा बोस्निया हर्जगोभिनाले २१ औं मिनेटमा अग्रता लिएको हो । १२ वर्षपछि विश्वकपमा पुनरागमन गरेको बोस्नियाका लागि जोभो लुकिजले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

IME Life
kumari