citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

म्याच फिक्सिङ प्रकरणः पाँच खेलाडीलाई सफाइ

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । जिल्ला अदालत काठमाडौँले म्याच फिक्सिङ (खेल मिलोमतो) को आरोप लागेका अलराउन्डर आदिल अन्सारी र क्रिकेट राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलम सहित पाँच जनालाई सफाइ दिने आदेश गरेको छ ।

न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पाँच जनामाथि म्याच फिक्सिङको अभियोगमा नेपाल सरकारको दाबी नपुग्ने उल्लेख गर्दै सफाइ दिने आदेश गरेको हो ।

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार पाँच खेलाडीलाई लगाएको अभियोगमा नेपाल सरकारको दाबी नपुगेपछि अदालतले सफाइ दिएको हो ।

गत वर्ष काठमाडौँमा भएको नेपाल टी–२० लिगमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परेका खेलाडी गतवर्ष नै तीन लाख धरौटीमा छुटेका थिए ।

himalayan life insurance
igi long