stcnepal long ad
global ime bank long

माउन्टेन इनर्जी नेपालको दशौं वार्षिक साधारण सभा आज

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको दशौं वार्षिक साधारण सभा आज (चैत्र १३ गते) बस्दैछ ।  साधारण सभाले चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, गत आ.व.को वार्षिक प्रतिवेदन सहित, नगद प्रवाह र नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा पनि सभामा प्रस्तुत हुनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ३० गते बुक क्लोज गरिसकेको छ । सो अनुसार नेप्सेमा फागुन  २९ गतेसम्म  कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । साधारण सभा अम्रपाली बैंक्वेट क्याटेरिङ एण्ड इभन्ट्स, भाटभटेनी–काठमाडौंमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।

IME Lifesidebar
kumari