अखिल नेपाल फुटबल सङ्घ (एन्फा) साधारण सभाबाट वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले २०८०/२०८१ को वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन गरेको छ । काठमाडौँमा सोमबार सम्पन्न एन्फाको साधारण सभाले २०८०/२०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको हो ।
साधारण सभाबाट २०७९/०८० को बजेट अडिटलाई अनुमोदन गरेको पनि एन्फा प्रवक्ता सुरेश साहले बताउनुभयो । उहाँले साधारण सभाले लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय गरेको पनि बताउनुभयो ।
यसअघि नै एन्फाले दीपक खातीको संयोजकमा प्रवीणकुमार झा र शूकबहादुर गुरुङको सदस्यतामा लेखा परीक्षण तथा अनुपालन समिति बनाएको थियो ।
शाहले भन्नुभयो, ‘‘आज हामीले नियमित साधारण सभा समापन सम्पन्न गरेका छौँ । २०७९/२०८० को बजेट अडिटलाई अनुमोदन गरेका छौँ । २०८०/२०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेका छौँ ।
लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय पनि भएको छ ।’’ समितिमा दीपक खाती संयोजक, प्रवीणकुमार झा सदस्य र शूकबहादुर गुरुङ सदस्य हुनुहुन्छ ।
एन्फाको चालु वर्षको लागि अनुमानित बजेट ६७ करोड, ६७ लाख ६६ हजार ६० रहेको छ । यस्तै खर्चमा ६७ करोड ६६ लाख रुपियाँ साधारण सभाले पास गरेको छ । यसअघि साधारण सभाको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव टङ्कलाल घिसिङले उद्घाटन गर्नुभएको थियो ।