citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

इंग्लिस प्रिमियर लिग : युनाइटेडको लगातार चौथो जित

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

रास्मस होजलन्डको दुई गोलमा इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आइतबार लुटन टाउनलाई २–१ ले हराएको छ ।

लिगमा युनाइटेडको यो लगातार चौथो जित हो र यससँगै क्लबको शीर्ष चारको सम्भावना ब्युँझिएको छ ।

होजलन्डले खेलको पहिलो र सातौं मिनेटमा गोल गरे । लुटनका तर्फबाट चार्ल्टन मोरिसले १४ औं मिनेटमा एक गोल फर्काए । त्यसपछि खेलमा कुनै गोल भएन । यो जितपछि युनाइटेडको ४४ अंक भएको छ र छैटौं स्थानमा छ ।

यो शीर्षबाट पाँच अंकको दूरी हो । आइतबारको अर्को खेलमा ब्राइटनले अंक तालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई ५–० ले हरायो । यो जितसँगै ब्राइटन ३८ अंकमा सातौं स्थानमा उक्लेको छ ।

himalayan life insurance
igi long