stcnepal long ad
ime life insurance
national life
global ime bank long

एसीसी महिला प्रिमियर कप : आज नेपाल र कुवेत भिड्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटको  चारवटै क्वार्टरफाइनल खेल आज खेलिँदैछ । प्रतियोगिताको क्वार्टरफाइनलमा नेपालले कुवेतको सामना गर्नेछ । नेपाल र कुवेतबिचको खेल बिहान ११स्१५ बजे मलेसियाको बाङ्गीमा सुरु हुनेछ ।

नेपाल समूह डीको विजेता हो भने कुवेत समूह एको उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो। नेपालले समूह चरणमा भुटान र हङकङलाई ८ ८ विकेटले हरायो भने माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको थियो।

थाइल्यान्डसँग मात्र पराजित भएको कुवेतले पहिलो खेलमा सिंगापुरलाई १० विकेटले पराजित गरेको थियो। म्यानमारलाई २७ रनले पराजित गर्‍यो। पछिल्ला चार भेटमा नेपालले कुवेतलाई हराएको छ। एउटा खेलमा नेपालले नौ विकेटका जित दर्ता गरेको थियो।

आजको खेल जिते नेपालले मलेसिया र जापानको विजेतासँग खेल्नेछ। प्रिमियर कपका बलिया प्रतिद्वन्द्वी यूएई र थाइल्यान्ड अर्को पोलमा रहेका कारण नेपाल तुलनात्मक रूपमा सजिलो पोलमा छ।

IME Lifesidebar
kumari