macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एसियन कप फुटबलः उज्वेकिस्तानले भारतलाई हरायो

अस्ट्रेलिया अन्तिम १६ मा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

एएफसी एसियन कप फुटबलमा उज्वेकिस्तानले भारतलाई हराएको छ । कतारको अहमेद बीन अलि स्टेडियममा गएराति भएको समूह ‘बी’ को खेलमा उज्वेकिस्तानले भारतलाई ३–० गोलले हराएको हो।

जारी प्रतियोगितामा भारतको यो दास्रो हार हो । पहिलो खेलमा अस्ट्रेलियासँग भारत २–० गोलले हारेको थियो ।

यसअघि हिजै भएको समूह ुबीु को अर्को खेलमा अस्ट्रेलियाले सिरियालाई १–० गोलले हराएको थियो । योसँगै अस्ट्रेलिया एसिया कप फुटबलको अन्तिम १६ मा परेको छ ।

गएराति भएको समूह ‘सी’ को खेलमा भने प्यालेस्टाइन र युनाइटेड अरब इमिरेट्स, यूएईले १–१ गोलको बराबरी खेलेका छन् ।

himalayan life insurance
igi long
NTA long ad