sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने म्याद थप

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।एनआइबीएल स्टेबल फन्ड बिक्री नभएपछि आवेदन दिने म्याद थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर माघ १६ गतेसम्म पुर्याइएको हो । अब लगानीकर्ताले यसमा माघ १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

एनआइएमबी एस क्यापिटलले माघ २ गतेदेखि यस म्युचुअल फन्ड बिक्री खुला गरेको हो । एनआइबीएल स्टेबल फन्डको कुल १० करोड इकाई बिक्री खुला भएको हो । जसमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ ।

यस्तै, १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरेको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।यो बन्दमुखी योजना हो । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गरेको छ ।

prabhu bank
nawakantipur long