macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एनएसएलमा काठमाडौं र धनगढी भिढ्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा आज काठमाडौं रेजर्स र धनगढी एफ.सी भिड्दै छन् । खेल साँझ ६ बजे त्रिपुेश्वरस्थित दशरथ रंगशालामा हुने छ । त्रिविको दिक्षान्त कार्यक्रमका कारण हिजो हुने खेल आजलाई सारिएको हो ।

अघिल्लो संस्करणको फाइनलमा धनगढीलाई हराउँदै काठमाडौंले उपाधि जितेको थियो । यसपटक भने तालिकामा काठमाडौं भन्दा धनगढी अगाडि छ । ५ खेलबाट ११ अंक जोडेको धनगढी शीर्ष स्थानमा रहँदा ८ अंक जोडेको काठमाडौं चौथो स्थानमा छ ।

यसअघिको खेलमा वीरगञ्ज युनाइटेड एफसीलाई २–१ ले हराउँदै पोखरा थन्डर्स तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अर्को खेलमा एफसी चितवन र स्पोर्टिङ इलामले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

himalayan life insurance
igi long
NTA long ad