stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

लिभरपुल युनाइटेडसँग रोकिँदा आर्सनल शीर्ष स्थानमा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

ब्राइटनलाई हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा आर्सनल २–० गोलले विजयी बनेको हो ।

यद्यपि जीतका लागि आर्सनलले ठुलो संघर्ष गर्नुपरेको थियो । पहिलो हाफमा बराबरीमा रोकिएपछि दोस्रो हाफको सुरुवातमा ग्याब्रियल जिसुसले आर्सनललाई अग्रता दिलाए ।

दोस्रो गोलका लागि टोली खेलको अन्त्यसम्म पर्खनुपरेको थियो । ८७ औँ मिनेटमा काई हाभर्टजले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

१७ खेलपछि आर्सनलको ३९ अङ्क रहेको छ । लिभरपुलले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेपछि यसको फाइदा आर्सनललाई पुगेको छ ।

एनफिल्डमा युनाइटेडले लिभरपुलको दबाबलाई झेल्दै खेल गोलरहित बराबरीमा अन्त्य गर्न सफल भयो ।

बराबरीपछि लिभरपुल १७ खेलबाट ३८ अङ्क बटुल्दै अङ्क तालिकाको दोस्रो स्थानमा खस्किएको छ । युनाइटेड २८ अङ्कसहित सातौँ स्थानमा छ ।

prabhu mahalaxmi
kumari