ला लिगाः जिरोनाको अपराजित यात्रा कायमै

स्पेनिस ला लिगमा जिरोनाले लगातार पाँच खेलमा जित निकालेको छ । सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग एक एक गोलको बराबरी खेलको जिरोनाले त्यस यताका पाँचै खेलमा जित निकाल्दै ला लिगाको शीर्ष स्थानमा रहेका छ ।
पाँचौं जित निकाल्ने क्रममा जिरोनाले शनिबार मार्लोकालाई ५–३ गोलले पराजित गरेको छ ।
जिरोनाको घरेलु मैदान इस्तादीमा भएको खेलमा डेविड लोपेज, इभान मार्टिन, साभियो, अर्टिम डोभिक र यांगल हरेर राभेलोले एक एक गोल गरे ।
त्यस्त मार्लोकाका लागि एब्डोन प्राट्सले दुई तथा भेदात मुरुकी एक गोल गरे । त्यस्तै आजै भएको ला लिगाको अन्य खेलमा ओसुना र सेभिल्लाले गोल रहित बराबरी खेलेका छन् ।
७ असोज २०८०, आइतवार ०५:२१ बजे प्रकाशित