stcnepal long ad
global ime bank long

कोरोना महामारीले सिकाएको पाठ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १४ गते आइतबार

१) अब अमेरिका महाशक्ति राष्ट्र रहेन ।

२) चीनले एउटै क्षेप्यास्त्र नचलाई तेश्रो विश्वयुद्द जित्यो । अरू मुलुकले त आफूलाई अझै सम्हाल्न सकेका छैनन् ।

३) रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पो दूरद्रष्टा रहेछन ।

४) उपचारले भन्दा रोकथामले ज्यादा जिन्दगी बचाउने रहेछ ।

५) देशलाई फूटबल खेलाडी भन्दा स्वास्थ्यकर्मी पो चाहिने रहेछन ।

६) युरोपियनहरू सोचेजस्तो शिक्षित रहेन छ्न ।

७) थोरै युद्द र धेरै हस्पिटल हुनुपर्छ भनेको साँचो रहेछ ।

८) बालबालीकालाई विशेष सामाजिक तथा प्राकृतिक वातावरण दिइनु पर्ने रहेछ।

९) उपभोक्ता छैनन भने जाबो पेट्रोल भन्ने कुरो त केइ होइन रहेछ ।

१०) यो मृत्यु भन्ने कुरोले धनी, गरिव, कालो, गोरो केइ नभन्ने रहेछ ।

११) फेरि यो मान्छे भन्ने जन्तु एकदम अवसरवादी र निच हुँदोरहेछ । मै हुँ भन्नेहरू पनि मोल बढाउन पाउँदा मख्खै पर्दा रहेछ्न ।

१२) हैट ! यो ट्वाइलेट पेपर त खाना भन्दा पनि ठूलो चिज रहेछ !

१३) सामाजीक संजालले मान्छेलाई नजिक चैँ ल्याउने रहेछ । तर सन्त्रास पनि त्यत्त्यिकै बढाउने रहेछ ।

१४) बल्ल था भो, चिडियाखानामा बन्द जनावरहरूलाई कस्तो हुँदो हो ।

१५) आजकालका केटाकेटीहरूलाई टिभी र इन्टरनेट चलाउन बाहेक अरू केइ नआउने रहेछ ।

१६) यो संसारमा करोडौं करोड कमाउने तर समाजका लागि माखो नमार्नेहरू पनि रहेछन् ।

१७) स्वास्थ्यकर्मीहरू एक्लै छन्, उनिहरूलाई कसैले वास्तै गरेका छैनन् तर उनिहरू रोग विरूद्ध लडिरहेकै छन् ।

१८) कुनै पनि पादरी, इमाम (मुस्लिम धर्म गुरू) र पुरोहितले कोरोनाका विरामीलाई बचाउन नसक्ता रहेछन् ।

१९) यो हात मिलाउनु भन्दा त नमस्ते गर्नु पो गज्जब रहेछ ।

२०) धर्तिको खास भाइरस चै मान्छे नै हो रहेछ ।

२१) मान्छे नभैदिएको भए यो धर्ति छिट्टै पुर्बस्थितिमा पुग्ने रहेछ ।

२२) हामी सँग त महामारीका लागि कुनै तैयारी रहेनछ ।

२३) हामीले यो रमझममा भन्दा बढी लगानी स्वास्थका लागि गर्नु पर्ने रैछ ।

२४) सबै भन्दा महत्त्वपूर्ण कुरा अाफ्नो देश, घर र परिवार रहेछ।

IME Lifesidebar
kumari