stcnepal long ad
dftqc long ad
prabhu bank long ad

रेडियो सराङ्गकोटको रक्तदान अभियान, ४४ युनिट रगत संकलन

civilbank long ad

पोखरा । रेडियो सराङ्गकोटको समन्वयमा आयोजित तेस्रो चरणको रक्तदानमा ४४ युनिट रगत संकलन भएको छ । कोरोना महामारीका कारण पोखरामा रगत अभाव भएपछि रेडियो सराङ्गकोटले रक्तदान अभियान सञ्चालन गरेको थियो ।

रेडियो सराङ्गकोटको आह्वानमा लायन्स क्लव अफ पोखरा सराङ्गकोट र लायन्स क्लव अफ पोखरा तालबाराहीको संयोजनमा पोखरा १८ सराङ्गकोट पिपलडाडी र सराङ्गकोट भ्यू पोइन्टमा रगत संकलन गरिएको थियो ।

रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापाले महामारीमा मानवीय सहयोग सहर्कायसँगै बजारबाट केही टाढा रगत सङ्कलन गर्दा समाजमा सकारात्मक एकताको सन्देश गएको बताए ।

सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर जिसीले रेडियोले जेठ महिनाभर अन्य संघसंस्थाको सहर्कायमा फरक फरक स्थानमा घुम्ती रक्तदानसँगै आकस्मिक सहयोगका कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रम शुभाराम्भ गर्दै लायन्सका रक्तदान कार्यक्रम प्रमुख बालकृष्ण शर्माले महामारीमा मानवीय कार्यले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले रगतको विकल्प औषधि नभएकाले रक्तदान रोगको औषधि मात्रै नभइ मानवीय कार्य भएको र महामारीमा थप सहयोग आवश्यकता रहेकाले सबैको सहभागिता रहनुपर्ने बताए ।

 


२२ जेठ २०७८, शनिवार ०९:१८ बजे प्रकाशित

nawakantipur long
nabilbank long ad