stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमानी कोष मार्फत सहयोग वितरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १४ गते आइतबार

काठमाडौँ ।  हिमानी ट्रष्टले कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, प्रहरी, संचारकर्मी, कर्मचारी र जनप्रतिनिधिहरुलाई अत्यावश्यक सुरक्षा सामग्रीहरु पिपिई, मास्क, पञ्जा, स्यानिटाईजर लगायत वितरण गरेको छ ।

आज हिमानी कोषले काठमाडौँ मेडिकल कलेजलाई आवश्यक सामग्रीहरु प्रदान गरेको छ । हिमानी कोषकी उपाध्यक्ष प्रेरणा राज्यलक्ष्मी देवी सिंहले उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो । साथै सोही कार्यक्रममा २० संचार माध्ययमका संचारकर्मीलाई समेत आपतकालिन समयमा आवश्यक सामग्री प्रदान गरिएको छ ।
राहत वितरणका लागि आज कोषको कार्यालय बालुवाटारमा राखिएको कार्यक्रममा बोल्दै काठमाण्डौ मेडिकल कलेजकी प्रमुख प्राध्यापक डा. चन्दा कार्कीले नेपालमा समाजसेवा प्रति राजसंस्थाले खेलेको भुमिका अतुलनीय भएको उल्लेख गर्नुभयो ।

वहाँले आफुले महाराजधिराज महेन्द्र, मुमा बडामहारानी रत्न, महाराजधिराज वीरेन्द, बडामहारानी ऐश्वर्य र महाराजधिराज ज्ञानेन्द्र, अधिराजकुमारी हेलेन, शाहज्यादी जयन्तीका पालामा भएको समाजसेवा र वहाँहरुको देश प्रतिको लगावलाई कुनै शब्दले व्याख्या गर्न नसक्ने बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै हिमानी कोषकी कोषाध्यक्ष शिताष्मा राज्य लक्ष्मीदेवी शाहले हिमानी कोषले देशका नागरिकलाई असजिलो परेका समयमा सधैँ तत्परताका साथ सहयोग गरेको र कोभिड १९ का कारण उत्पन्न महामारी विरुद्ध पनि कोषले उत्तिकै सहयोग गरिरहेको र अझ पनि भोक र रोगबाट ग्रसितहरुलाई आवश्यक खाद्यान्न र औषधी उपचारमा समेत सहयोग जारी राख्ने बताउनु भयो ।

prabhu mahalaxmi
kumari