citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नयाँ वर्षसगै ओली सरकार ढाल्ने षडयन्त्र

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १४ गते आइतबार

काठमाडौ । नयाँ वर्ष २०७७ को शुभ अवसर पारेर दुई तिहाईको आफ्नै पार्टीको सरकार विरुद्धमा अर्का अध्यक्षद्वारा निर्णायक गतिविधी शुरु । ०७७ बैशाख १ गते नेपाल कम्युनिष्ट पार्टीका आदरणीय अध्यक्ष पुष्पकमल दाहालले आफ्नै निवासमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीसँग नेकपाका अर्का नेता जनार्दन शर्मालाई समेत राखी ४ घण्टा खुशामद र सल्लाह ।

त्यसको लगत्तै बैशाख ३ गते नेकपाका आदरणीय अध्यक्ष र नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवाका साथमा निधी समेत देउवाका साला भुषण राणाको ललितपुर स्थित कार्यालयीय प्रयोजनमा प्रयोग हुने भवनमा दिनभरजसो छलफल र सहमति ।

सो अवसरमा भुषणले उत्कृष्ट खानपान र अन्य सामग्रीको व्यवस्थापन गरि दिएका र उनी भने बैठकमा सहभागी नभएका । कर्तव्यनिष्ट, राष्ट्रवादी र मुलुकका सबभन्दा इमान्दार यी दुई पार्टीका अध्यक्ष र सभापतिबीचको भेटघाटबाट मुलुक कोरोनाको कहरमै रहेकै बेला दुई तिहाईको सरकार परिवर्तन गर्नको लागि दिलो ज्यानले लाग्ने सहमति भएको ।

यो सरकारका विरुद्ध ल्याइने अविश्वासको प्रस्तावमा नेपाली कांग्रेस, मधेशवादी दलहरु समेत एकैठाउँमा बस्ने वातावरण बनाउने । नेकपाकै नेता माधव कुमार नेपाललाई प्रधानमन्त्रीको ललिपप देखाएर आश्वस्त बनाई सरकारका विरुद्ध अघि सार्ने ।

नेकपाका अर्का पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड, देउवा, निधी र शर्माबीच भएको यो सहमतिका बारेमा जानकार भएपछि सरकारलाई सहज हुने वातावरण बनाउन ४० प्रतिशत संसद संख्या भएपनि पार्टी विभाजित गर्न सकिने अध्यादेश ल्याएका ।   यसबाट उनले अरु केही पार्टीमा असन्तुष्ट रहेका संसदलाई उपयोग गरी प्रचण्ड र देउवाले ल्याउने अविश्वासको प्रस्ताव असफल बनाउने कोशिस गरेका ।

तर उल्टै मुलत प्रचण्डकै सूचना र सहयोगमा मधेशवादी दलहरु तत्काल एकिकृत भई प्रमको योजना असफल बनाइदिएका ।

राजनीतिमा अति नै चलाख र खेल्नसक्ने भनी मानिएका युगपुरुष आदरणीय अध्यक्ष पुष्पकमल यो सरकारलाई गिराएर मुलुकमा राजनीतिक अस्थिरता शुरु गर्न सफल भएमा उहाँको राजनीतिक भविष्य निकै उज्वल हुने देखिएको छ ।

 

 

सरकार गिराउने कार्यमा उहाँलाई नेकपाकै अर्का आदरणीय नेता झलनाथ खनाल र वामदेव गौतमले त साथ दिइसक्नु भएको छ । अर्का  नेता माधव कुमार नेपालले पनि साथ दिनु भएमा पुष्पकमल एमालेको संगठन, एमालेका इमान्दार कार्यकर्ता र मुलुकभर भएको एमालेको संयन्त्र प्रयोग गरी लामो समयसम्म एकलौटी पार्टी चलाउन सक्षम हुनु हुनेछ ।

त्यसबेला पूर्व एमालेका नेता तथा कार्यकर्ताको अवस्था कस्तो होला भनी अहिले नै भविष्यवाणी गर्न नसकिए पनि अहिले नै पूर्व माओवादी कामरेडहरुको बढी प्रभाव भएका स्थानहरुमा पूर्व एमालेको अवस्था देख्दा पनि भविष्य पूर्व एमालेका लागि कस्तो होला भनी सामान्य अनुमान गर्न गाह्रो नहोला ।

कम्युनिष्ट पार्टीका मुलुकभर रहेका इमान्दार कार्यकर्ताले लामो प्रजातान्त्रिक इतिहास भएको पार्टी नेपाली कांग्रेस तथा मधेशी जनताका मुक्ति र समानताका लागि साँच्चै नै इमान्दारीकासाथ लडिरहेका मधेशी पार्टीहरुसँग मिली आदरणीय अध्यक्ष प्रचण्डले सरकार गिराउन खेलेको खेलमा साथ दिने नै छन् ।

 

gold
himalayan life insurance long ad
kumari bank