citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

#कोरोना_महामारीले_ल्याएको परिवर्तन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

१) अब अमेरिका महाशक्तिराष्ट्र रहेन ।

२) चीनले एउटै क्षेप्यास्त्र नचलाई तेश्रो विश्वयुद्द जित्यो । अरू मुलुकले त आफूलाई अझै सम्हाल्न सकेका छैनन् ।

३) रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पो दूरद्रष्टा रहेछन ।

४) उपचारले भन्दा रोकथामले ज्यादा जिन्दगी बचाउने रहेछ ।

५) देशलाई फूटबल खेलाडी भन्दा स्वास्थ्यकर्मी पो चाहिने रहेछन ।

६) युरोपियनहरू सोचेजस्तो शिक्षित रहेनछ्न ।

७) थोरै युद्द र धेरै हस्पिटल हुनुपर्छ भनेको साँचो रहेछ ।

८) बालबालीकालाई विशेष सामाजिक तथा प्राकृतिक वातावरण दिइनु पर्ने रहेछ।

९) उपभोक्ता छैनन भने जाबो पेट्रोल भन्ने कुरो त केही होइन रहेछ ।

१०) यो मृत्यु भन्ने कुरोले धनी, गरिव, कालो, गोरो केही नभन्ने रहेछ ।

११) फेरि यो मान्छे भन्ने जन्तु एकदम अवसरवादी र निच हुँदोरहेछ । मै हुँ भन्नेहरू पनि मोल बढाउन पाउँदा मख्खै पर्दा रहेछ्न ।

१२) हैट ! यो ट्वाइलेट पेपर त खाना भन्दा पनि ठूलो चिज रहेछ !

१३) सामाजिक संजालले मान्छेलाई नजिक चैँ ल्याउने रहेछ । तर सन्त्रास पनि त्यत्त्तिकै बढाउने रहेछ ।

१४) बल्ल था भो, चिडियाखानामा बन्द जनावरहरूलाई कस्तो हुँदो हो ।

१५) आजकालका केटाकेटीहरूलाई टिभी र इन्टरनेट चलाउन बाहेक अरू केहि नआउने रहेछ ।

१६) यो संसारमा करोडौं करोड कमाउने तर समाजका लागि माखो नमार्नेहरू पनि रहेछन् ।

१७) स्वास्थ्यकर्मीहरू एक्लै छन्, उनीहरूलाई कसैले वास्तै गरेका छैनन् तर उनीहरू रोग विरूद्ध लडिरहेकै छन् ।

१८) कुनै पनि पादरी, इमाम (मुस्लिम धर्म गुरू) र पुरोहितले कोरोनाका विरामीलाई बचाउन नसक्दा रहेछन् ।

१९) यो हात मिलाउनु भन्दा त नमस्ते गर्नु पो गज्जब रहेछ ।

२०) धर्तिको खास भाइरस चै मान्छे नै हो रहेछ ।

२१) मान्छे नभैदिएको भए यो धर्ति छिट्टै पुर्ब स्थितिमा पुग्ने रहेछ ।

२२) हामीसँग त महामारीका लागि कुनै तैयारी रहेनछ ।

२३) हामीले यो रमझममा भन्दा बढी लगानी स्वास्थका लागि गर्नु पर्ने रैछ ।

२४) सबै भन्दा महत्त्वपूर्ण कुरा आफ्नो देश, घर र परिवार रहेछ।

gold
himalayan life insurance long ad
kumari bank