कोरोना रोकथाम कोषमा एनएमबि बैंकको १ करोड ५१ लाख योगदान

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार
काठमाडौं । एनएमबि बैंकले कोरोना भाइरसको प्रसार विरुद्ध अग्रसर हुन स्थापित सरकारको कोभिड-१९ रोकथाम कोषलाई १ करोड ५१ लाख रुपैयाँ योगदान गरेको छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.ले प्रधानमन्त्री कार्यालयमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष उक्त रकमकाे चेक प्रदान गरेका हुन् ।
कोभिड-१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।
यस बाहेक बैंकले अनलाइन व्यापारीहरु सँग पनि सम्झौता गरेको छ, जँहा एनएमबि बैंकको मोबाइल बैंकिङ्ग संरचना अन्तर्गतको क्यू आर कोडमार्फत गरिएको कुल भुक्तानीको १५ प्रतिशत रकम कोभिड-१९ रोकथाम कोषमा प्रदान गरिने छ ।
‘हामी विश्वास्त छौ कि यो विषम परिस्थितिमा हाम्रो प्रत्येक पहलकदमीले हाम्रो समुदायमा दिगो प्रभाव पार्न हातेमालो गर्नेछ ।
बैंक यस महामारीलाई पराष्त गर्न सरकार र जनतालाई सहयोग पुर्याउने नविनतम विधिहरु र माध्यमहरु अन्वेषण गर्न प्रतिवद्ध छ’, प्रमुख कार्यकारी अधिकृत के.सी. ले भने ।