stcnepal long ad
global ime bank long

ग्लोबल ओरियन्स नेटवर्किङले टीकापुरमा युवाबाट करोडौँ रुपैयाँ उठायो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

कैलाली। वि.सं २०७७ असारमा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा कार्यालय रहने गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बस्तुको प्रत्यक्ष बिक्री गर्ने उद्देश्य राखी खुलेको ग्लोबल ओरियन्स नेपाल प्रा।लि। नामको कम्पनीले टीकापुरमा सम्पर्क कार्यालय खोली करोडौँ रुपियाँ उठाएको पाइएको छ ।

इजाजतमा बस्तुको प्रत्यक्ष बिक्री गर्ने भनिए पनि व्यवहारमा भने नेटवर्किङ शैलीमा एक व्यक्तिले अरू धेरै व्यक्तिलाई त्यसमा जोडेर पैसा असुली कमाऊ धन्दा चलाइ रहेका छन् ।

प्रा.लि.ले पहिलो श्रेणीका व्यक्तिबाट १५ हजार, दोस्रो श्रेणीका व्यक्तिबाट ४० हजार र तेस्रो श्रेणीका व्यक्तिबाट प्रतिव्यक्ति एक लाख बिस हजारका दरले पैसा उठाएको भेटिएको छ ।

ग्लोबल ओरियन्समा पैसा बुझाइ सकेपछि फोन, फेसबुकबाट मानिस बोलाएर आफूले धेरै तलब पाएको भनिदिनु पर्ने र ग्लोबलसँग भेट गराई दिए बापत मासिक तलब पाइने लोभमा युवाहरू फसेका छन् ।

अछाम ढकारीका चिरञ्जीवी बुढा अपरिचित महिलाले फेसबुकमा जोडिएर टीकापुरमा जागिर छ भनेपछि आफू चिसापानीबाट टीकापुर आएर दुई दिनको तालिम लिई मासिक १८ हजारका दरले तलब पाइने आसमा जग्गा बेचेर एक लाख बिस हजार तिरेको बताउनुहुन्छ ।

बुढाले ५० हजार नगद भरत शाहीलाई र ७१ हजार बेकेन्द्र विकलाई ई–सेवाबाट दिएको तीन महिनापछि चार हजार दुई सय ८४ रुपियाँ मिलेपछि आफू ठगिएको थाह पाएको बताउनुभयो ।

गाउँमै आर्थिक अभाव झेलेका दैलेखका एक युवा पनि मासिक चार हजार पाँच सय रुपियाँ पाउने लोभमा ४० हजार रुपियाँ फसाएर बसेका छन् । ग्लोबलले टीकापुरमा सम्पर्क कार्यालय र ठाउँ ठाउँमा होस्टेल राखेको छ ।

आजकाल विभिन्न ठाउँमा गरी तीन सय जति युवाहरू दुई दिने कक्षा लिएर पैसा जम्मा गर्दै अरू साथीहरूलाई बोलाउन लागिरहेका छन् ।

ग्लोबलले पैसा बापत कसैलाई सौन्दर्यका सामानहरू दिने गरेको छ । पहिलो श्रेणीका पन्ध्र हजार तिर्नेले सामान लिएका पनि छन् तर ठुलो रकम तिर्नेले सामान लिएका छैनन् ।

सामान लैजाँदा बिल पनि नपाइने भएकाले लिनुको अर्थ भएको युवाहरू बताउँछन् । ग्लोबलको कार्यालयसँगै घर भएका धिरेन्द्र शाहीले विभिन्न जिल्लाका युवाहरू आएर यहाँ हल्ला गर्ने, झगडा गर्ने गरेकाले दिक्क लागिसकेको बताउनु भयो ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाट एक जनाले ई–सेवाबाट ७१ हजार रुपियाँ पठाएको देखिएकाले ग्लोबल ओरियन्सका एक जना कर्मचारीलाई पक्राउ गरिएको र अरूले पनि पैसा लिएको भनिरहेका तर पैसा बुझाएको प्रमाण नभेटिएको बताउनुहुन्छ । ग्लोबलले चकालीपूर्ण रूपमा बिल, कागज, बैङ्कको प्रयोग नगरेको देखिएको छ ।

यहाँ दैलेख, सुर्खेत, अछाम, जुम्ला, दाङका युवाहरू जागिर पाउने लोभमा पैसा फसेको छ । ग्लोबलका सिनियर डिष्ट्रिब्यूटर साजन चौधरीले चित्त नबुझेका एक दुई जनाले गुनासो गरे पनि टीकापुर शाखासँग जोडिएर आठ सयदेखि एक हजार जनाले काम गरिरहेको बताउनुहुन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

IME Lifesidebar
kumari