stcnepal long ad
global ime bank long

अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर : चेम्बर अध्यक्ष मल्ल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गरिनुपर्ने बताएका छन् । हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको अध्यक्ष मल्लले बताए ।

तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारण सभामा शनिबार उनले आर्थिक स्थायित्व र व्यावसायिक वातावरण निर्माणका लागि ब्याजदरमा लकअप प्रणाली लागू गर्नुपर्ने तर्क गरे ।

ब्याजदर अस्थिर हुँदा ऋणी मर्कामा परेको र लगानीको वातावरण बिग्रिको उनको भनाइ छ । उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषिलगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लले बताए ।

‘अर्थतन्त्रको वर्तमान अवस्थामा सुधार गर्न सरकार र निजी क्षेत्र मिलेर हातेमालो गर्नुको विकल्प छैन,’ उनले भने, ‘अर्थतन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमकै अवस्थामा छ, रोजगारी सिर्जना हुन सकेको छैन, उत्पादन हुन नसक्दा कृषिजन्य वस्तुसमेत आयात गर्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण छ ।’

अध्यक्ष मल्लले स्थानीय तहमा कृषि उत्पादन वृद्धि हुने गरी समन्वय गर्न जिल्ला चेम्बरलाई आग्रह पनि गरे । ‘स्थानीय तहमा उत्पादित वस्तुको बजारीकरणका लागि पनि जिल्ला चेम्बरले समन्वयन गर्नुपर्छ,’ मल्लले भने ।

IME Lifesidebar
kumari